Saturday, December 14, 2013

युवाको भोगाई : चेजिङ रेन्बोज

Leave a Comment
काठमाडौँ लाखौ मान्छे करोडौ सपनाको पोको लिएर बाँचेको शहर सबका आफ्ना आफ्नै सपना छन अनि सपना पुरा गर्ने एकल दौड,यहाँ सब बिस्तारै बिस्तारै आफ्नो सपनको पोको सके सम्म धेरै खोल्न चाहन्छन र, यहि क्रम मा आफ्नै देखि टाढा हुन्छन संगै रहेर त्यसैले त काठमाडौँलाइ आरोप लाग्छ आफ्नै देखि बिरानो बनाइदियो भनेर त्यस्तै सपना को पोको बोकेर राजधानी छिरेका तिन दिदि भाइ को कथा हिजो राष्ट्रियसभा गृहमा हेरियो

नेपाल पानोरमा अन्तर्गत काठमाडौँ अन्तर्राष्ट्रिय पर्वतीय फिल्म महोत्सव (किम्फ) २०१३ को उद्घाटन सत्रमा प्रिमिएर गरिएको साहारा शर्मा निर्देशित चलचित्र चेजिङ रेन्बोज हिजो मात्र हेर्ने मौका जुर्यो

सुनेको भन्दा धेरै राम्रो लग्यो चलचित्र अनि कलाकारको जिबन्त अभिनय  
९० मिनेट लामो फिल्मले पढेर आफ्ना  सपना पुरा गर्न राजधानी छिरेका तिन दाजु बहिनिको अभावपूर्ण कथा बोलेको छ सिमित खर्च असिमित रहर अनेकौ चाहना र सपनाहरु बोकेर राजधानी छिर्ने सबै मध्यम र निम्न मध्यमबर्गीय बिद्यार्थी पुस्ताको कथा हो चेजिङ रेन्बोज  

दिदि,भाइ अनि बहिनि राजधानिमा २ वटा कोठा लिएर बस्छन, तिन जनाकै अलग अलग सपना आफ्नै आफ्नै गन्तब्य तर एकअर्काका सपना प्रति नितान्त अन्जान कलेज पढ्ने लगभग एकै उमेर समूहका  उनीहरु को कुरा नमिल्ने पनि होइन तर तिनै जना एक्लै एक्लै इन्द्रेणीको खोजिमा छन

तिनै जनाको साझा सपना नभएका पनि होइनन,कोठामा टीभी राख्ने दाइलाइ बाइक किनिदिने,सोफा सेट किन्ने लगायत सपना पुरा गर्न सके सम्म कम खर्च गर्ने र कहिले कहिँ खाजा समेत नखाई बचत गर्ने बानीबसालेका छन उनीहरुले । 


कलेज पढ्दै प्रेममा परेकी दिदि प्रेमीको यौन दुर्ब्यबहार सहन बाध्य हुन्छिन  भाइ परिक्ष्यामा फेल हुन्छ आफ्नो रिजल्ट गाउमा बुबालाइ भन्न सक्दैन बरु आत्महत्याको प्रयासमा लाग्छ घरि पोलिथिनले मुख छोपेर घरि ट्यावलेट खाएर त कैले पासो लगाएर  कान्छी बहिनीको अमेरिकन ड्रिमले डिभी भरेर अमेरिका जान खोज्ने पुस्ताको कथाको प्रतिनिधित्व गर्छ फिल्मले बेला बेला खित्का छोडेर हसाउछ भने कुनै बेला सोच्न बाध्य बनाउछ

प्रेम,यौन,अमेरिकन ड्रिम,पढाईमा राम्रो गर्नु पर्ने पारिबारिक दवाब, राजधानीको अभावपूर्ण जीवन,आजका युवाका साझा कथा हुन् यिनै सेरोफेरोमा रहेर बनेको चलचित्रले युवाले भोगेको मनोगत र सामाजिक द्वन्द लाइ उत्कृस्ट रुपमा देखाएको छ

पुरै चलचित्र मलाई आफ्नो अनि आफ्ना साथीहरुको कथा जस्तै लग्यो कतिको बिगत र धेरै युवा को वर्तमान हो चेजिङ रेन्बोज



image : google.com

0 comments:

Post a Comment