Monday, January 20, 2014

राजनीतिक हस्तक्षेप : कहिले सम्म ??

2 comments
त्रिभुवन विश्वविद्यालय चिकित्साशास्त्र अध्ययन संस्थानमा प्रा. डा. गोविन्द के. सी. हप्ता दिन देखि आमरण अनसनमा हुनुहुन्छ । चिकित्साशास्त्र अध्ययन संस्थानमा पटक पटक देखिने बेथिती,मुख्य गरेर समय समय हुने अनावश्यक राजनीतिक हस्तक्षेपको बिरुद्ध उहाको यो तेश्रो अनशन हो । डा. के .सीको इमान्दारीपन,त्याग र निस्वार्थ सेवाभाव प्रति सम्पूर्ण देश नतमस्तक छ । त्यसैले उहाले गरिरहेको आन्दोलन प्रति ब्यपक जनसमर्थ प्राप्त छ । डा. के.सीले गर्नुभएको आन्दोलनले अहिले स्वास्थ्य क्षेत्रमा ठुलो हलचल ल्याएको छ ।


संस्थानमा राजनीतिक हस्तक्षेपको बिरुद्ध अनशन गरिरहेका डा. केसीको स्वास्थ्य अवस्ता अत्यन्त नाजुक भैसक्दा समेत नेपाल सरकार र त्रिभुवन विश्वविद्यालय कानमा तेल हालेर बस्नुले,फोहरी राजनीति अनि राजनीतिको आडमा ब्यक्तिगत स्वार्थको लागि काम गर्ने माफियाहरुका अगाडी सब निरिह छन भन्ने तर्क पुस्टि गर्छ ।  


डा . गोविन्द के. सी.को आन्दोलनले गर्दा अनावश्यक राजनीतिक हस्तक्षेपले स्वास्थ्य क्षेत्रमा मौलाएका तमाम बिकृतिहरु त एकपछि अर्को गर्दै सतहमा आउदै छन तर स्वास्थ्य मात्र होइन शिक्ष्या,बिकाश,कर्मचारी प्रशासन,कृषि, संस्थान लगाएत यावत क्षेत्रमा अनावश्यक राजनीतिक हस्तक्षेप प्रसस्त छ । ति क्षेत्र राजनीतिक भागवण्डाको आडमा नियुक्त हुने पदाधिकारी, तिनले गर्ने स्वार्थ निहित निर्णयहरुले गर्दा थलिएका छन   ।   आयल निगम ,बिधुत प्राधिकरण लगाएतका संस्थान,खेलकुद संग ,त्रिभुवन विश्वविद्यालय उसका आंगिक क्याम्पस अनि अरु थुप्रै क्षेत्र  राजनीतिक कार्यकर्ता थन्काउने केन्द्र बनेका छन  । जहाँ सिमित स्वार्थ को लागि नियम कानुन बिपरित काम हुने गरेका छन । जसको प्रतक्ष्य फाइदा राजनीतिक दल का नेता अनि तिनका आसपासका माफियाहरुले लिने गरेको सबै सामु छर्लंगै छ । हामी माझ मौलाउदो भ्रष्टाचार,जबाफदेहीतको कमि , मनपरी तन्त्र यी सबै को पछाडीको एउटा प्रमुख  कारण भनेको  यस्ता क्रियाकलाप लाइ प्राप्त हुने राजनीतिक समर्थन हो ।

सामान्य नागरिक यस्ता क्रियालप देखि वाक्क भैसके,उनीहरु मा नकरात्मक सोचाई व्यप्त छ । जसको प्रभाबले   समाज सम्मुनत हुन अझै थुप्रै दशक हरु अन्धकार मै बिताउनु पर्ने हुन्छ  । बिभिन्न क्षेत्रमा हुने  अनावश्यक राजनीतिक हस्तक्षेपको जालो मिल्काउन कि त सबै तिर डा.के. सीहरु आफ्नो काम कर्तब्य छोडेर अनसन बस्नु पर्यो । यदि त्यस्तो भयो भने कल्पना गरौ त कति भयावह अवस्ता हुनेछ देशको, यहाँका हरेक क्षेत्रमा डा केसी जस्तै ब्यक्तिहरु अनसन बस्ने छन अनि तिनको समर्थनमा सम्पूर्ण देश ठप्प हुने  छ  ।  यसरि इमान्दार अनि निस्वार्थ ब्यक्तिहरुले हरेक कुराको बिरोध गर्नु पर्ने ,अनशन बस्नु पर्ने अवस्ता आयो भने त्यसको जिम्मेबारी कसले लिन्छ ??  त्यस्तो नचाहने हो भने हाम्रो राजनीतिक नेतृत्वले अनावश्यक राजनीतिक हस्तक्षेप बन्द गर्नु पर्छ ।

राजनीति देशको अभिन्न अंग हो, देशका हरेक क्रियाकलापमा राजनीतिक चासो हुनु स्वाभाविक नै हो  ।जनता बाट प्रतक्ष्य चुनिएर गएका र जनता को सेबा गर्छौ भनेर राजनीति मा होमिएकाहरु लाइ हरेक कुरा जान्ने र जनता लाइ सुसुचित गर्ने अधिकार छ  । तर त्यसो भन्दैमा योग्यता  र क्षमता नभएका आफ्नो पार्टी कै मात्र हितमा  काम गर्ने ब्यक्ति लाइ  राजनीतिक भागबन्डाका आधारमा नियुक्ति गर्ने अधिकार कुनै राजनीतिक दल र तिनका शिर्ष नेता लाइ छैन  ।

देशका लगभग हरेक सार्बजनिक क्षेत्रमा राजनीतिक हस्तक्षेप  मौलाएको छ  । राजनीतिक दल तिनका नेतालाइ प्रभाब पारेकै भरमा सिमित तत्वले फाइदा लिदै आएका छन  । यसै गरि राजनीतिक भागबन्डामा काम गरिदै जाने हो भने  शुशासन, जबाफदेहीता , इमान्दारीपन भन्ने कुरा देश बाटै लोप नहोला भन्न सकिन्न  । देश को मुहार फेर्छु भनि लागेकाहरुको  यस्ता  क्रियाकलापहरुले  देश सम्मुन्नत अनि सबल होला भनेर बिश्वाश कसरि गर्नु ??

यसै पनि राजनीति भन्ने खराब हो भन्ने छाप परेको छ त्यसमाथि हरेक कुरा मा व्यक्तिगत फाइदा खोज्दै  हस्तक्षेप गर्न लागे पछि आम जनता मा कस्तो संदेश जान्छ ?? राजनीतिलाइ  कमाइ खाने भाँडो बनाएका हरु ले सोच्नु पर्ने बेला आएको छ अझै यसरि नै मनपरी हस्तक्षेप गर्दै जाने हो भने जनता चुप बस्ने छैनन्  । कुनै दिन सारा देश बिद्रोहमा उत्रिने छ । त्यस्तो दिन आउनु भन्दा अगाडी नै हाम्रा नेता हरु ले सिमित माफिया हरुको प्रभाबमा परेर स्वतन्त्र चलिरहेका संघ संस्थान कार्यालय आदिमा  राजनीतिक हस्तक्षेप बन्द गर्ने र  भएका गल्तिहरु सुधार गर्नु बुद्धिमता पूर्ण हुन्छ  ।


2 comments: